लकडाउन गर्दा विपक्षी दल र नागरिकबाट आलोचित भएपछि गृहमन्त्रीले दिए राजीनामा

एजेन्सी, ०१ बैशाख । विश्वभर कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला टर्कीका गृहमन्त्री सुलेमान सोयलुले पदबाट राजीनाममा दिएका छन् ।
कोरोना भाइरस विश्वबाटै निर्मूल गर्नु सबै एकजुट हुनुपर्ने धारणा आइरहेका बेला त्यहाँका गृहमन्त्रीले भने राजिनामा दिएका हुन् । उनले कोरोना भाइरसको रोकथामका लागि लागू गरिएको लकडाउनको कार्यान्वायन गर्न नसकेको भन्दै राजिनामा दिएका हुन् ।

गृहमन्त्री सुलेमान टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनका नजिक नेताका रुपमा मानिदै आएका नेता हुन् । समाचार एजेन्सीहरुका अनुसार टर्कीमा लकडाउन जारी भएपछि स्थिती तनावग्रस्त बनेको थियो ।

टर्कीका नागरिकहरुले लकडाउनको पालना गरेका थिएनन् । पसलहरुमा दैनिक उपभोग्य सामान खरिद गर्नेहरुको ठूलो भीड लागेको थिायो । एक्कासी कफर्यू लगाएको भन्दै त्यहाँका नागरिक तथा विपक्षी दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।

सरकारी अधिकारीले खाद्यान्न लगायतका सामग्री साथै औषधि घरमै आपूर्ति गरिदिने भन्दा पनि नागरिकहरुले पत्याएका थिएनन् । राजधानी इस्तांबुलमा १.६ करोड मानिसको बसोबास रहेको बताइएको छ ।

उनीहरुले पनि लकडाउनको उल्लघन गर्दै घरबाहिर निस्कीकए पछि गृहमन्त्री सुलेमानले राजीनामा दिएका हुन् । उनले ट्विट गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

उनले ट्वीटरमा नागरिकको सुरक्षा र कोरोना रोकथाम गर्न यो कदम चाल्दा आफूले आलोचना वेहोरोर्नु परेको उल्लेख गरेका छन् । यद्यपि उनको राजीनामा राष्ट्रपति अर्दोआनले स्वीकार गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *