‘लकडाउन’ पछि ३ हजार ७ सयभन्दा बढी सोलुखुम्बु भित्रिए

सोलुखुम्बु – लकडाउनपछि झण्डै चार हजार मानिस सोलुखुम्बु भित्रिएका छन् ।कोरोना भाइरस सङ्क्रमण राेकथामका लागि सरकारले घाेषणा गरेको लकडाउनपछि काठमाण्डौलगायतका स्थानहरुबाट तीन हजार सात सय ६९ जना मानिस जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्याल सोलुखुम्बुले जनाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार गएकाे चैत्र १२ गतेदेखि मङ्गलबार साँझसम्म दुई सय ७० वटा सवारीसाधनमार्फत झण्डै चार हजार जना साेलुखुम्बु प्रवेश गरेका हुन् ।लामो समयदेखि देश लकडाउन हुँदा काम विशेषले देशको विभिन्न ठाउँमा पुगेका अधिकांश जिल्लावासीलाई पालिकाले उद्धार गरी गाउँ फर्काएको हो ।

उद्धार गरिएकामध्ये अधिकांश काठमाण्डौबाट आएको भए पनि केही सीमित मात्रामा पूर्वका विभिन्न जिल्लाहरुबाट पनि आएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक (इन्सपेक्टर) महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *