लक डाउनमा आमालाई खेतमा काम गर्न सघाउदै आर्यन सिग्देल

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको को;रोना भा’इरसको रोकथाम र नियन्त्रणको लागि अहिले देशभर लक डाउन गरिएको छ । लक डाउनको बेला नेपाली चलचित्र क्षेत्रका सबै कलाकारहरु घरमै परिवारसँग समय बिताइ रहेका छन् । लकडाउनका कारण फुर्सदिला बनेका कलाकारहरु कोही फिल्मको स्क्रिप्ट लेख्दै छन् त कोही आफ्नो घरमा काम गरिरहेका छन् ।

यस्तै लक डाउनमा फुर्सदिला बनेका अभिनेता आर्यन सिग्देल पनि परिवारसँग समय बिताइ रहेका छन् । बिहीबार उनले एक तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका छन् । तस्बिरमा उनले खेतमा खनिरहेका छन् । खेतमा उनले आमालाई सघाइरहेको बताएका छन् । उनले लेखेका छन् – ‘ममीसँग काम गर्दै छु ।

तपाईंहरु आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर, घरबाट ननिस्कनु होस् ।’ नेपालका चर्चित अभिनेता हुन्। उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागी चिनिन्छ । आर्यन सिग्देलले आफ्नो चल चित्रको सुरुवात किस्मत चल चित्रबाट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *