ललिता निवास जग्गा खरिदमा दोषी देखिएका पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटे

८ मंसिर, काठमाडौं । ललिता निवास प्रकरणमा दोषी ठहर भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् । विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका अदालतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो । पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार अदालतमा हाजिर भएका विशेष अदालतका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । अख्तियारले पूर्वमन्त्री जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार रुपैयाँ विगो माग दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छेदार पनि मुछिएका थिए । उनीविरुद्ध पनि मुद्दा चलेको छ । अख्तियारले दायर गरेको रिटमा यो सबैभन्दा ठूलो पदका व्यक्तिमाथि चलाइएको मुद्दाका रुपमा पनि परिचित छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा यसमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेल लगायतका नेतालाई उन्मुक्ति दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *