लाखौंको सङ्ख्यामा भीड लाग्ने सल्हेश फुलवारी मेला लकडाउनका कारण स्थगित

नयाँ वर्षको अवसरमा वैशाख १ गते सिरहाको लहान नगरपालिकामा लाग्ने सल्हेश फुलवारी मेला हेर्नको लागिे लाखौको सहभागितामा मेला लाग्ने गर्दछ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको लागी सरकारले गरेको लकडाउनका कारण प्रत्येक नयाँ वर्षको अवसरमा सिरहाका बिभिन्न ठाउँमा लाग्ने मेला यस पटक स्थगित गरिएको छ ।

सिरहाको लहान देखि ३ किलो मिटर पश्चिम दक्षिणमा अवस्थित फुलवारीमा लाखौं रुख छन् । ती मध्ये एउटा रुखमा नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्छ, त्यो पनि माला आकारको ।

सिरहाको यो लोभ लाग्दो प्राकृतिक विशेषताले हरेक वर्ष लाखौं नेपाली र भारतीयलाई आकर्षित गर्छ । नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश फुलबारी मेला को रुपमा मनाउने गरिन्छ ।

नयाँ वर्ष भन्ने वित्तिकै मिथिलाबासीको मन फुलवारीमा अड्किन्छ । फुलवारीको मध्यभागमा रहेको मालिन मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।

मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार हरेक नयाँ वर्षको दिन फूल्ने यो फूललाई राजा सलहेश र दौना मालिनको प्रेम प्रतिकको रुपमा लिइन्छ । ‘एउटै रुखमा सोही स्थानमा उही आकृतिको फूल फुल्नु अलौकिक नै मान्नु पर्छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *