लालु यादवलाई कोराेना संक्रमणको खतरा

नयाँ दिल्ली-राष्ट्रिय जनता दल (आरजेडी) नेता तेजस्वी यादवले आफ्ना पिता तथा बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई कोरोना संक्रमणको खतरा भएको भन्दै सरकारलाई विशेष स्वास्थ्य निगरानीका लागि ध्यानाकर्षण गराएका छन्।

आरजेडीका नेता तथा यादवका छोरा तेजस्वीले ट्वीटर सन्देशमा लेखेका छन्, ‘पूर्व मुख्यमन्त्री तथा हाम्रा पिता यादवलाई उपचारमा सम्लग्न चिकित्सकलाई पनि कोभिड-१९ को संक्रमण भएको हुनसक्ने खबरले हामीलाई चिन्ता लागेको छ। यो मेरो आवाज १२ करोड बिहारी जनताको चासोसँग जोडिएको छ। बहत्तर वर्षीय उहाँले पूराना धेरै जटिल रोगहरूको उपचार र औषधि सेवन गरिरहनुभएको छ र उहाँलाई कोरोना भाइरस संक्रमणको अत्याधिक खतरा छ। त्यसैले उहाँको स्वास्थ्यप्रति अत्यन्त गम्भीर हुन जरूरी हुनेछ।’

पूर्व मुख्यमन्त्री यादवको उपचार भइरहेको राँचीस्थित ‘राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (रिम्स)’ को एक कक्षमा रहेका अर्का एक बिरामीमा कोभिड–१९ संक्रमण भएको पुष्टि भएपछि आरजेडी नेता तेजस्वीले पूर्व मुख्यमन्त्रीको उपचारमा सावधानी उपनाउन ट्वीट्मार्फत् आह्वान गरेका हुन्।

भ्रष्टाचार आरोपमा झारखण्डमा जेल जीवन बिताइरहेका बिहारका पूर्व मूख्यमन्त्री लालु यादवले सजायको धेरै हिस्सा रिम्स अस्पतालमा उपचारका सन्दर्भमा बिताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *