लिपुलेकको सडक भारतीय भूमिमै बनाइएको भारतको जिकिर

काठमाडौं : नेपाल सरकारले लिपुलेकमा भारतीय गतिविधिप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति निकालेको केही घण्टामै भारत सरकारले जवाफी प्रतिक्रिया दिएको छ ।

भारतले शनिबार नै लिपुलेकमा बनाएको सडक भारतीय भूमिमै रहेको जवाफ फर्काएको छ । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै धार्चुला लिपुलेक सडक भारतीय भूमिमै बनाइएको दावी गरेको हो ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भारतको जिल्ला धार्चुलादेखि नेपाली भूमि लिपुलेक हुँदै तिब्बत जोड्ने सडकको उद्घाटन गरेका थिए । त्यसको विरोधमा काठमाडौँमा शनिबार विरोध प्रदर्शन समेत भयो ।

यस्तैमा शनिबार दिउँसो परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतलाई आफ्नो भूमिमा यस्ता गतिविधि रोक्न आग्रह गरेको थियो । भारतको विदेश मन्त्रालयले नेपालको तर्फबाट आएको विज्ञप्ति जानकारीमा भएको भन्दै प्रतिउत्तर स्वरुप उक्त सडक भारतको भूमिमा नै बनेको दावी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *