लिपुलेक अतिक्रमणविरुद्ध दाेस्राे दिन पनि काठमाडाैमा प्रदर्शन

काठमाडौँ, २८ वैशाख । भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाएपछि त्यसकाे विराेधमा अहिले सडकदेखि सदनसम्म तातेकाे छ । लकडाउनकाे पर्वाहै नगरी भारतकाे यस कदमविरूद्ध काठमाडाैँका सडकमा दाेस्राे दिन पनि स्वतस्फूर्त प्रदर्शन भएकाे छ ।

अाइतबार मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठनले बानेश्वरमा प्रदर्शन गरेकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ । नयाँबानेश्वरकाे संसद् भवन अगाडि सडकमा विरोध प्रदर्शन गर्दा उनीहरूलाइ केही क्षणमै प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

संसद् भवनको दुई नम्बर गेट अगाडि प्रदर्शन गरिरहेका एक दर्जनजतिलाई नियन्त्रणमा लिइएको काठमाडाैँ प्रहरीले जनाएकाे छ ।शनिबार पनि काठमाडाैमा भारतले लिपुलेक अतिक्रमण गरेकाे विराेधमा प्रदर्शन भएकाे थियाे । शुक्रबार भारतले धार्चुलादेखि लिपुलेकसम्मकाे लिंक राेड उद्घाटन गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *