लिपुलेक फिर्ता गराउन नसक्ने सरकार राष्ट्रवादी हुन सक्दैन : लेखनाथ न्याैपाने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा युवा नेता लेखनाथ न्यौपानेले भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडकको उद्घाटन गरेको प्रति विरोध जनाएका छन्। नेता न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विरोध जनाउनुका साथै सरकारले के हेरेर बसेको थियो भारतले सीमा अतिक्रमण गर्दा भनि प्रश्नसमेत गरेका छन्।

उनले सीमा मिचिएकोबारे भारतसँग स्ष्टीकरण माग्न सरकारसँग माग गरेका छन्। युवा नेता न्यौपानेले भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन सके मात्र अहिलेको सरकार वाम र राष्ट्रवादी हुनसक्ने बताएका छन्। यदि सरकारले आफ्नो सीमा अतिक्रमणबारे केही नबोले पुरानै हेपिने र गुमाउने चक्र दोहेरिने बताए।

नेता न्यापनेले फेसबसकमा लेखेका छन्, ‘सरकारले के हेरर बसेको थियो ? भारतले गरेको अतिक्रमणको बारे जानकारी भएर पनि नबोलेको हो कि थाहा नै नभएको हो, हाम्रो राष्ट्रवादी सरकारलाई ? यसबारे सरकारले जनतालाई जानकारी गराउने, भारतीय पक्षलाई बोलाएर स्पष्टिकरण सोध्ने र यसबारे चीनलाई पनि सोध्ने हैषियत राख्न सक्छ ? यो हैषियत राख्दा मात्र यो सरकार वाम र राष्ट्रवादी हुनसक्छ अन्यथा उही पुरानै हेपिने र गुमाउने चक्र दोहोरिने छ।’ नेपाल ठगिने, हाम्रो स्वतन्त्रता र सार्वभौमितामाथि अतिक्रमण भइरहने अनि राष्ट्रियताको आन्दोलन भुल्का जस्तै एकदुई दिन उठ्ने, त्यसपछि फेरि अन्तै बरालिने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *