लिपुलेक सुरक्षाकाे लागि सशस्त्र प्रहरीकाे टाेली छाङरु पुग्याे

काठमाडाैं, ३१ वैशाख । लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली दार्चुलाको व्यास गाउँपालिका -१ स्थित छाङरु पुगेकाे छ । सशस्त्र प्रहरी टोली आज (बुध बार) बिहान काठमाडाैंबाट सेनाकाे हेलिकाेप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेको थियाे ।

केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङ सम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो। त्यसपछि चाैतर्फी रूपमा भारतकाे विराेध हुँदै आएको छ । सीमा निगरानी लागि प्रहरी निरी क्षक मिलीबहादुर चन्दको नेतृत्वमा छाङरुमा २५ जना सशस्त्र प्रहरी बलकाे टाेली पुगेकाे छ । सरकारले गत मङ्सिरमा नै त्यहाँ बिओपी राख्ने निर्णय गरेको भएपनि अहिलेसम्म स्थापना हुनसकेको थिएन ।

तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मङ्सिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यस पछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महा निरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *