लेबनानमा नेपाली शान्ति सैनिकको मृत्यु

संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा एक जना नेपाली सैनिकको मृत्यु भएको छ। लेबनानस्थित युनिफिलले विज्ञप्ति जारी गर्दै मंगलबार एक दुर्घटनामा परी ती शान्ति सैनिकको मृत्यु भएको उल्लेख गरेको छ। दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको टाउकोमा चोट लागेको थियो।

उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको युनिफिलले जनाएको छ। युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृतकको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। ती शान्ति सैनिक चार महिनाअघि एक वर्षका लागि लेबनान गएका थिए। युनिफिलले मृतक सैनिकको नाम खुलाएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *