लोकदोहोरी गायक कटुवाल कारागार चलान

काठमाडौं, ३० फागुन। जिल्ला अदालत तनहुँले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। कटुवालमाथि ज्यान मार्ने प्रयास गरेको भन्दै गत फागुन ५ गते उजुरी परेको थियो। बन्दीपुरका होटल व्यवसायी लालकाजी गुरुङमाथि कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। गायक कटुवालमाथि लालकाजीकी छोरी सोनिका गुरुङले किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको थियो।

५ फागुनमा परिवारसँग पोखरा घुम्न गएका कटुवाल डुम्रेस्थित लालकाजीको होटल अगाडि गाडी पार्किङ गरेका थिए। त्यतिबेला कटुवाल पत्नीले वान्ता गरेपछि होटल सञ्चालक र कटुवालबीच भनाभन भएको थियो। होटल व्यवसायी गुरुङलाई कटुवालले पख्लास् भन्दै थर्काएको र सोही साँझ अपरिचित समूहले गुरुङको टाउकोमा रडले हानेर भागेको जनाइएको छ।

घटनापछि गुरुङकी सोनिकाले प्रहरीमा उजुरी दिएकी थिइन्। गायक कटुवालले मोही खाउँला बोट्कामा, फूल फुल्यो केसरी, तोरी बोटैमा लगायका गीत गाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *