वन कार्यालय प्रमुख सन्तमाया दुई लाख घूससहित पक्राउ

काठमाडौं : डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ घूसको रकम सहित पक्राउ परेकी छन्। श्रेष्ठ दुई लाख रुपैयाँसहित भक्तपुर गठ्ठाघरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टीले पक्राउ गरेको हो।

उनीसहित अन्य तीनजनालाई पनि नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। उनका अनुसार दोलखाबाट काठमाडौं जाँदै गरेको बा१झ ७६८५ नम्बरको सरकारी गाडीबाट डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव श्रेष्ठसहित तीनजनालाई घुस रकम २ लाख तीन हजार रुपैयाँसँगै बिहीबार साँझ नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कार्यालय सहयोगी र चालक रहेको अख्तियार स्रोतले बताएको छ। घूस काण्डमा योसहित ७ महिनाको अवधीमा दोलखाबाट प्रमुख जिल्ला अधिकारसहित चारजना पक्राउ परिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *