विद्यालयतहको वार्षिक परीक्षाको नतिजा एक साताभित्र आउने

काठमाडौँ। को;रोना भाइरस (को’भिड– १९) को सङ्क्रमण बढ्ने खतराका कारण विद्यालय तहको वार्षिक परीक्षा सकेर घरमै एक महिना भन्दा बढी बन्दा बन्दीमा परेका कतिपय विद्यालयका विद्यार्थीले आगामी साता नतिजा हाल पार्ने भए का छन् । विद्युतीय माध्यमबाट पठनपाठन अगाडि बढाउनका लागि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा आगामी सातासम्म दिने गरी तयारी गरिएको छ ।

कतिपय विद्यालय भने नतिजा प्रकाश गरी विद्युतीय माध्यमबाट नयाँ शैक्षिक आरम्भ गरि सकेका छन् । शिक्षा तथा मानव विकास स्रोत केन्द्रले स्वास्थ्य र सुरक्षालाई दृष्टिगत गरी विद्यालयले विद्यार्थीको नतिजा प्रकाशन गर्न जनाएको छ । निजी विद्यालय हरूले पनि आगामी वैशाख १९ गतेसम्म सबै विद्यार्थीको नतिजा प्रकाशन गर्ने निर्णयमा पुगेका छन् । गोरखापत्रमा खबर छ ।

सरकारले को;रोना भाइरसको सङ्क्रमणका कारण वार्षिक परीक्षा छिटो सक्न निर्देशन दिए पछि विद्यालयहरुले गत चैत ५ गते कक्षा ९ सम्मको वार्षिक परीक्षा सकेका थिए । तर परीक्षा दिएका ती विद्यार्थीको नतिजा भने प्रकाशन हुन सकेको छैन । तर अव भने विद्युतीय या अन्य माध्यमको प्रयोग भए पनि विद्यार्थीको नतिजा दिइने भएको हो ।

केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले विद्यार्थीको सिकाइ उपलब्धि शिक्षकले प्रमाणित गर्ने र विद्यालयले प्रकाशित गर्न सक्ने चर्चा गर्दै अब विद्यालयहरूले अनुकूलता अनुसार नतिजा प्रकाशन सुरु गर्ने बताउनु भयो । प्रविधिका हिसावले सक्षम विद्यालयलहरूले भने नतिजा प्रकाशनका बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराइसकेको समेत पाइएको छ ।

केन्द्रका महानिर्देशक थपलियाले विद्यालयले विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर नतिजा प्रकाशन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। को;रोना भाइरस सङ्क्रमणका कारण विद्यालयमा परीक्षा दिएका धेरै बालबालिका हाल विद्यालयको सम्पर्क भन्दा बाहिर हुन सक्ने भन्दै केन्द्रले त्यस्ता विद्यार्थीको खोजीमा समेत विद्यालय लाग्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीका पुरीले चैत ५ गतेसम्म परीक्षा लिएका कक्षा ९ सम्मका विद्यार्थीको नतिजा वैशाख १९ सम्म सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिनु भयो । विद्यार्थी तथा अभिभावकले विद्यालयमा आएर नतिजा प्रकाशनका बारेमा जानकारी लिन सक्ने अवस्था नभएकोले अनलाइन या अन्य माध्यमको प्रयोग गरेर नतिजाका बारेमा जानकारी दिइने उहाँको भनाइ छ ।

विद्यार्थीको नयाँ कक्षा सञ्चालनका लागि पनि नतिजा प्रकाशन गर्नुपर्ने जरुरी भएको अब यसमा विलम्व गर्न नहुने उहाँको भनाइ छ। जारी बन्दाबन्दी खोल्न तथा जनजीवन सामान्य हुन समय लिने तथा विद्यालयमा बालबालिका आएर नियमित कक्षा सञ्चालन गर्न अझै समय लिने आकलन गरिएकोले नयाँ तरिकाबाट अघि बढ्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । यसका लागि प्रविधिमा विद्यार्थीको पहुँचका बारेमा अध्ययन गरी छिट्टै विद्युतीय माध्यमबाट पढाउने गृहकार्य भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *