विद्युत गए उर्जामन्त्रीलाई फोन गर्नूः सचिवालय

काठमाण्डु / प्राविधिक कारणले बिजुली गएमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनलाई सम्पर्क गर्न सकिने भएको छ । मन्त्री पुनको निजी सचिवालयले आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ के.भी. प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको थियो ।

मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा मन्त्री पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेका छन् ।

‘त्यस सम्बन्धमा केही ग्राहकमा भ्रम पर्न गएको भान भएकाले स्पष्टताका लागि यो जानकारी दिइएको हो’, उनले भने । उनले विद्युत गएमा मन्त्रीको सचिवालयको हटलाइन नम्बर–११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *