विराटनगरमा कोरोना संक्रमितलाई खाना पु-याउन र औषधि छर्कन मिल्ने रोबोट निर्माण

विराटनगर, १५ बैशाख । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमितलाई खाना पु-याउन र औषधि छर्कन मिल्ने रोबोट निर्माण गरिएको छ ।

विराटनगरका विज्ञान विषय अध्ययनरत विद्यार्थीहरुले बनाएको सो रोबोटले मोनिटरमा हेरेर संक्रमितहरुसम्म खाना पु-याउन र सोडियम हाइपो क्लोराइड छरेर निर्मलीकरण गर्न सकिन्छ ।

रिमोटकन्ट्रोलको सहयोगले सञ्चालन हुने सो रोबोटमा क्यामेरा जडान गरिएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा सात दिन लगाएर सातजना विद्यार्थीको समूहले तयार गरेको सो रोबोट ५० हजार रुपैयाँ खर्चमा बनाइएको हो ।

सो रोबोट विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रमा प्रयोगमा ल्याइने बताइएको छ ।एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कोशी अस्पतालकी निमित्त मेडिकल सुपरिण्टेडेण्ट डा.संगीता मिश्रलाई रोबोट हस्तान्तरण गर्नुभयो ।

उहाँले कोरोना संक्रमितहरु सम्मजानका लागि पीपीई लगाएर जानुपर्ने अवस्थामा रोबोट बाटै खाना पु¥याउदा स्वास्थ्यकर्मीहरुमा जोखिम कम हुने भएकाले महानगरपालिकाले सहयोग स्वरुप सो रोबोट हस्तान्तरण गरेको बताउनु भयो ।

मेयर पराजुलीले कोरोनाको संकटमा सवैजना भएको हुनाले संक्रमितलाई रोबोटबाट खाना दिने र स्प्रे गर्न सहज हुने भएकाले कुनै पनि किसिमको जोखिम नहुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *