विवाह खर्च कोरोना राहत कोषमा जम्मा

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च वापतको रकम ‘कोभिड—१९, प्रधानमन्त्री राहत कोष’ मा जम्मा गर्नुभएको छ । पूर्वमहामन्त्री काफ्लेले आफ्नो विवाहको खर्च सोमबार स्वास्थ्य मन्त्रालय पुगेर राहत कोषमा जम्मा गर्नुभएको हो ।

पूर्व महामन्त्री काफ्लेले कोषमा २ लाख रुपैयाँ जम्मा गर्नुभएको छ । सोमबार स्वास्थ्यमन्त्रालय पुगेर रकम स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न दलका सांसदले राहत कोषमा रकम जम्मा गरेका छन् । नीजि क्षेत्रका व्यवसायी र अन्य नागरिकले पनि व्यक्तिगत रुपमा कोषमा सहयोग रकम जम्मा गरिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबारसम्म ५२ जनामा संक्रमण देखिएको छ । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १ सय १० जना आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *