विवाह संस्कार जीवन व्यवहारको सारसुत्र : पूर्व राजदम्पत्ति

काठमाडौं, २० बैशाख । पूर्व राजदम्पत्ति ज्ञानेन्द्र शाह र कोमल शाहले आफुहरुको वैवाहिक बर्षगाँठको ५० बर्ष पुगेको अवसर शुभकामना दिनु हुनेहरुप्रति आभार व्यक्त गर्नु भएको छ ।

शनिबार दिउँसो पूर्व राजदम्पत्तिको तर्फबाट जारी विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो हिन्दू संस्कारमा विवाहलाई एक उच्चतम संस्कारकोरुपमा मानिन्छ, दुई आत्माको सम्मिलन र प्रेम बन्धनको शुभ अवसरकोरुपमा रहेको विवाह संस्कार जीवन व्यवहारको सारसुत्र पनि हो, त्यसैले शुभविवाहको वार्षिक सन्दर्भ र त्यसपछिका व्यतित दिवस सन्दर्भलाई स्मरण गर्दा हाम्रो शुभविवाह भएको पनि ५० बर्ष भएछ ।”

‘यो शुभ सन्दर्भ पारेर हाम्रा आफन्त, इष्टमित्र, शुभेच्छुक र शुभचिन्तक व्यक्तित्वहरुले हामीलाई बधाईका हार्दिक शुभकामनाका मंगलकारी अभिव्यक्ति पोख्नु भएकोमा उहाँहरु सबैप्रति सद्भावपूर्वक हार्दिक धन्यवाद व्यक्त गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *