विश्वका दुई बादशाहलाई झुकाए कोरोनाभाइरसले

एजेन्सी । एक अर्काका कटुआलोचन गरिरहेका दुई शाक्तिराष्ट्रका राष्ट्रप्रमुखबिच टेलिफोन वार्ता भएको छ । यसअघि आर्थिक युद्ध, कोल्ड वार गरिरहेका राष्ट्रपतिहरुबीच कोरोनाभाइरस (काभिड–१९)ले एक आपसमा एकठाउँमा उभिन बाध्य पारिदिएको छ । अमेरिकामा चीनमा भन्दा धेरै सँख्यामा अमेरिकी नागरिकहरुमा कोरोनाभाइरस (काभिड–१९)को संक्रमण पछि सहकार्याको निम्ति उनिहरु एक ठाउँमा उभिन खोजेका छन् ।

यसैको पहिलो प्रयास स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन वार्ता भएको हाे । टेलिफोन वार्तापछि यसअघि कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै आएका ट्रम्पको बोलीसमेत फेरिएको छ । अमेरिकी समयअनुसार बिहीबार बेलुका भएको फोन वार्तामा राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीच कोरोना भाइरस महामारी नियन्त्रणबारे कुराकानी भएको थियो ।

वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भने ‘भर्खर चीनको राष्ट्रपति शी संग एक धेरै राम्रो कुराकानी सम्पन्न भयो । कोरोनाभाइरसको बारेमा विस्तृत छलफल गरियो जस्ले हाम्रो पृथ्वीको विशाल भागहरू नष्ट गर्दैछ । चीनले धेरै कुरा भाइरसबारे राम्रोसँग बुझेको छ । हामी सँगसँगै काम गरिरहेका छौं । धेरै सम्मान ’

ट्रम्पको यो अभिव्यक्तिलाई कूटनीतिक आलोचकहरूले चीनसँग सम्बन्ध सुधारको प्रयास भनेका छन् । कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस विश्वको साझा शत्रु भएकाले यससँग लड्न अन्तर्राष्ट्रिय पहल मजबुत बनाउनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *