विश्वको ध्यान किमकी बहिनीमाथि केन्द्रित

उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग इलको चिन्ताजनक स्वास्थ सम्बन्धमा विभिन्न अपुष्ट समाचार बाहिरी रहेको अवस्था अन्तर्राष्ट्रिय जगतको ध्यान उत्तर कोरियाको संभावित नेता अर्थात किमका उत्तराधिकारी उनकै बहिनी यो जांग माथि केन्द्रित हुन पुगेको छ ।

सन् २०१८ मा दक्षिण कोरियाको पियोंगचांगमा आयोजित ओलम्पिक्सको दौरान पहिलो पटक उनी माथि सबैको ध्यानाकर्षण भएको थियो । तर उनको वास्तविक उमेर देखि अन्य विस्तृत विवरण उत्तर कोरियाली शाषकले गोप्य नै राखेकाले उनी एक रहश्यात्मक व्यक्तित्व बन्न पुगेकी थिइन् ।

आफ्नो पिता किम जोंग इलकी निकै मनपर्ने छोरीको रुपमा चिनिने उनको बिद्यालयको पढाइ स्विजरल्यान्डमा भएके अमेरिकी अखवार वासिंगटन पोष्टले जनाएको छ । सन् २००० को शुरुतिरै उत्तर कोरिया फर्कनु अघि उनले व्यालेटको प्रशिक्षण पनि लिएको बुझिएको छ ।

‘ पछिल्लो समयमा आणविक हातहतियार विकास कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय तनाव चुलिँदै गइरहेपनि उत्तर कोरियाको इभान्का ट्रम्प ’ को उपनाम पाएकी किम यो जोंगले गत महिना मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अफ्नो दाजुबिच विशेष व्यक्तिगत सम्बन्ध रहेको खुलासा गरेकी थिइन् ।

उत्तर कोरियाली प्रोपोगान्डालाई तिव्रता दिइरहेको आरोप खेप्दै गरेकी उनले हालै मात्र गरिएको रकेट प्रक्षेपणको विषयमा आफ्नो दाजु किमको प्रतिरक्षा गर्दै दक्षिण कोरिायलाई ‘ डराएर भुक्दै गरेको कुकुर ’ को संज्ञा दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *