विश्वभर कोरोना भाइरस लामो समयसम्म रहनसक्ने डब्लुएचओको प्रक्षेपण, लापरवाही नगर्न सुझव

एजेन्सी, ११ बैशाख । विश्व मानवलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसको महामारी लामो समयसम्म रहनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रक्षेपण गरेको छ ।

संगठनका प्रमुख डाक्टर अधानोम घेब्रेसेयसले कोरोना भाइरसबिरुद्धको अभियानमा कुनै पनि लापरवाही नगर्न चेतावनीसमेत दिनुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै डाक्टर घेब्रेसेयसले भन्नुभयो- ‘गल्ती नगरौँ, हामी अझै लामो बाटो जानु छ । यो भाइरस हामीसँग लामो समय रहनेछ ।’

पश्चिमी युरोपमा महामारी स्थिर वा घट्दो क्रममा रहेपनि अन्य धेरै राष्ट्रहरुमा यो सुरुवाती चरणमा रहेको उहाँको भनाइ छ । सुरुवातमा धेरै प्रभावित भएका मुलुकमा पुन: यसको महामारी फैलनसक्ने पनि बताउनुभयो ।

अफ्रिका, पूर्वी युरो, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिँड–१९ को संक्रमितको संख्या बढेकोमा चिन्ता जनाउदै उहाँले चाँडै लकडाउन हटाए नहटाउन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो- ‘लकडाउन र सामाजिक दुरी कायम गर्ने उपायले संक्रमणको दर धेरै देशमा कम गरेको छ । तर, भाइरस अझै पनि खतराको रुपमा कायम छ । संक्रमण पुनः फैलिन सक्छ । अहिलेको सबैभन्दा ठूलो खतरा भनेको हामी लापरवाह हुनसक्ने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *