वीरग’ञ्जका एक ज’नालाई कोरोना पु’ष्टि

बीरगञ्ज , ९ चैत । पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो। बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो । ६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो ।

संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सक लाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो । यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिएको खबर न्युज २४ नेपालमा छ ।

ती व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै परिवार र ती व्यक्तिको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्नेबारे वीरगञ्ज महानगर आकस्मिक बैठक बोलाएको जनाइएको छ। वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर भएका एक जनामा कोरोनाको संक्रणम पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *