वुहानमा अब कुनै पनि संक्रमित अस्पतालमा छैनन्, पुरानै लयमा फर्कियाे शहर

एजेन्सी, १५ वैशाख । को’रोना भाइरस कोभिड १९ को उद्गम स्थल चीनको वुहान शहरमा को;रोना सं’क्रमित कुनै पनि बिरामी अब अस्पतालमा नरहेको जनाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मेइ फेंगले भनेका छन् कि वुहानमा कोरोना भाइरसबाट संक्रमित कुनै पनि बिरामी अब अस्पतालमा छैनन् । सबैलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ ।

‘स्वास्थ्यकर्मीको कडा मेहनतका कारण वुहानमा भर्ना भएका सबै संक्रमित मानिसहरु राम्रोसँग बाहिर आएका छन्।’ मेइले भने । वुहानबाटै विश्वव्यापी महामारी फैलियो र अहिले संसारका सबैजसो देशमा यसा भाइरसको संक्रमणले सताइरहेको छ । तर उद्गमस्थल वुहानमा भने संक्रमित सबै जना निको भइसकेर अस्पतालबाट बाहिर निस्केको बताइएको छ ।

को;रोना संक्रमणको प्रकोप बढेपछि चीनको हुबेई प्रान्त अन्तरगतको यो शहर ७६ दिनसम्म पूर्ण रूपमा बन्द थियो। यहाँ को;रोना भाइरसको पहिलो केस गत वर्ष डिसेम्बरको मध्यतिर आएको र अन्तिमतिर पहिचान भएको बताइन्छ। अहिले याे शहर पुरानै लयमा फर्किसकेकाे दाबी गरिएकाे छ । -बिबिसी हिन्दीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *