शुक्रबार बिहानै लकडाउन उल्लङ्घन गर्ने पाँच सयभन्दा धेरै कारबाहीमा

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा शुक्रबार बिहानै पाँच सयभन्दा धेरै कारबाहीमा परेका छन् । काेराेना भाइरस (काेभिड १९) राेकथाम तथा नियन्त्रणका लागि सरकारले घाेषणा गरेकाे ‘लकडाउन’काे उल्लङ्घन गरी हिँडेका पाँच सय ६७ जनालाई प्रहरीले ‘होल्ड’ गरेको हो ।

लकडाउनका बेला अत्यावश्यक काम बाहेकका लागि घरबाहिर निस्कन नहुने भएकाले बाहिर निस्किएकाहरुलाई प्रहरीले कारबाही गरेकाे गरेको हो ।
आउँदाे वैशाख ३ गतेसम्मका लागि सरकारले लकडाउन घाेषणा गरेकाे हाे । लकडाउनकाे विकल्प नभएकाेले पूर्ण रुपमा पालना गर्न सरकारले आग्रह गर्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *