संसदीय समितिलाई अटेर गर्दै ईश्वर पोखरेलका भाईलाई एआईजीमा बढुवा

काठमाडौं । संसदीय समितिको निर्देशन अटेर गर्दै सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक डीआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । गृहमन्त्री र नेपाल प्रहरीका प्रमुखलाई समेत जानकारी नदिई विश्वाराजका लागि एआईजीको पद सिर्जना गरिएको भन्दै चर्को आलोचना भइरहेको बेला संसदको राज्य व्यवस्था समितिले समेत यसमा चासो देखाएको थियो । विश्वराज राष्ट्रपति विद्या भण्डारीको विश्वासपात्र रहेको र उनकै आग्रहमा एआईजीको दरबन्दी सिर्जना गरिएको जनाइएको थियो । साथै, विश्वराज इश्वर पोखरेलका भाई पनि नाता पर्छन् ।

मंगलबारको समितिको बैठकले दिएको निर्देशन अटेर गर्दै बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको छ । बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो ।

सरकारको सो निर्णयसँगै वैकल्पिक सूचीका पोखरेल भावी प्रहरी महानिरीक्षक हुने भएका छन् । अहिलेको सरकारको निर्णयले प्रहरी संगठनभित्र थप राजनीतिकरण हुने र व्यापक असन्तुष्टि बढ्ने देखिएको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *