संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइयो

यूएई – संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइएको छ । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको संसारकै सबैभन्दा अग्लो भवनमा दोस्रो पटक नेपाली झण्डा फहराइएको हो ।

नेपाली दूतावासको प्रयासपछि यूएई सरकार, बुर्ज खालिफा व्यवस्थापन तथा इमार होल्डिङ कम्पनीले दोस्रो पटक ३५ सेकेन्डका लागि नेपाली झन्डा फहराएको हो । यूएई सरकारले गएको वर्ष पनि बुर्ज खालिफामा नेपाली झण्डा फहराउन दिएको थियो ।

त्यस्तै आबुधाबीमा रहेको नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालयको भवनमा पनि नेपाली झण्डा फहराइएको छ । यो भवन आबुधाबीकाे अग्लो भवनमध्ये दोस्रो अग्लो भवन हो । संसारकै अग्लो भवन बुर्ज खालिफा र आबुधाबी नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालय भएको भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *