सकियो धरहराको १९ औं तलाको ढलान

काठमाडौं : २०७२ वैशाख १२ गतेको भुइँचालोले भ’त्काएको धरहराको १९ औं तल्लाको ढलान स’म्पन्न भएको छ । कोभिड–१९ को महामारीका बीच पनि धमाधम पुनर्निर्माण भइरहेको हो । अब तीन तल्लाको मात्र ढलान हुन बाँकी रहेको छ ।धरहरा निर्माण जिआइइटिसी–रमन जेभीले बनाईरहेको हो ।

गजुर सहितको नयाँ धरहरा २२ तले हुनेछ । यसको उचाइ करिब ७७ मिटर हुनेछ । भुइँचालोले भ’त्काएको धरहरा ९ तले थियो । नयाँ धरहरा पुरानोभन्दा शहिदगेटतिर १० मिटर अगाडि बनि रहेको छ। नयाँ धरहराको स्वरूप क्षति ग्रस्त धरहराको जस्तै भए पनि मो’टाइ भने पहिलेको भन्दा बढी छ । पुरानो धरहराको भ’ग्नावशेषलाई भने सोही स्थानमा सो’केसमा स’जाएर राखिनेछ ।

४२ रोपनीमा फै’लने धरहरा नजिकै सङ्ग्रहालयसँगै मनोरम बगैंचासमेत निर्माण गरिने छ । धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल पनि बनिरहेको छ। कोभिड–१९ को महामारीका बीच पनि धमाधम पुनर्निर्माण भइरहेको धरहराको १९ औं तल्लाको ढलान सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *