सगरमाथाको शिखरमा पुग्यो फाइभ जी इन्टरनेट

काठमाडौं । चिनियाँ कम्पनी चाइना मोबाइल र हुवावेले विश्वको सर्वोच्च शिखर सगरमाथामा फाइभ जी इन्टरनेट पुर्‍याएका छन् ।सगरमाथाको तिब्बतर्फको पाखोमा पर्ने ६ हजार ५ सय मिटरको उचाइमा चाइना मोबाइल र हुवावे कम्पनीले फाइभ जी इन्टरनेटको बेस स्टेसन निर्माण गरेका हुन् । जुन विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेसन हो ।

६ हजार ५ सय मिटरको उचाइमा गिगाबिट अप्टिकल फाइबर नेटवर्क पुर्‍याएसँगै अब चाइना मोबाइलले सगरमाथासम्मै आफ्नो डुअल गिगाबिट नेटवर्क सञ्चालन गर्न सक्ने हुवावेले जनाएको छ ।

चाइना मोबाइलको डुअल गिगाबिट नेटवर्कको आधार स्टेसन ५ हजार ३ सय मिटरको उचाइमा अवस्थित आधारशिविर क्षेत्रमा छ । त्यस्तै ट्रान्जिसन क्याम्प ५ हजार ८ सय मिटरको उचाइमा छ ।

सगरमाथाको उचाइमा पुर्‍याइएको फाइभ जी नेटवर्कको निर्माण तथा सञ्चालनमा दर्जनौं नेटवर्क विज्ञहरु खटिएको र यसले चौबीसै घण्टा अनवरत रुपमा नेटवर्क उपलब्ध हुने हुवावेले जनाएको छ ।

आधार शिविर क्षेत्रमा फाइभ जी नेटवर्कको डाउनलोड स्पिड १.६६ गिगाबिट्स प्रतिसेकेण्ड र अपलोड स्पिड २१५ मेगाबिट्स प्रतिसेकेण्ड रहेको हुवावेले जनाएको छ ।

उत्तरी मोहोडाबाट पहिलोपटक सगरमाथा आरोहण भएको ६० वर्ष पुगेको अवसरमा चीनले सगरमाथाको शिखरमा फाइभ जी इन्टरनेट पुर्‍याएको हो ।सगरमाथामा फाइभ जी नेटवर्क उपलब्ध हुँदा यसले सगरमाथाको उचाइको सही मापनमा समेत सहयोग पुग्ने हुवावेको भनाइ छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *