सञ्जीवनी बुटी ल्याउने हनुमानसँग भारतको तुलना गरे ब्राजिलका राष्ट्रपतिले

भारतले औलो निको पार्ने औषधि हाइड्रोक्सीक्लोरोकिन निर्यात गरेर कोरोना प्रभावित देशहरूलाई सहयोग गर्ने भएपछि ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले त्यसको प्रशंसा गरेका छन् ।

बोल्सोनारोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा पत्र पठाएर हाइड्रोक्सीक्लोरोकिनलाई हनुमानजीको सञ्जीवनी बुटीसँग तुलना गरेका छन् । बोल्सोनारोले मंगलवार मोदीलाई चिट्ठी पठाएर भारत तथा ब्राजिलको मित्रताको चर्चा गरे ।

संकटको यस घडीमा भारतले ब्राजिललाई गरेको सहयोग रामायणमा रामका भाइ लक्ष्मण बचाउनका लागि हनुमानजीले सञ्जीवनी बुटी ल्याएको जस्तो भएको बोल्सोनारोले लेखेका छन् । बुधवार हनुमान जयन्ती मनाइँदैछ ।

बोल्सोनारोले आफ्नो देशमा दुईवटा प्रयोगशाला रहेको र तिनमा कोरोनाभाइरसको खोप तयार पारिँदै गरेको जानकारी दिए । तर भारतबाट आफूलाई लगातार सहायता प्राप्त हुने आशा गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *