सनसिटी अपार्टमेन्टमा बस्नेहरूकाे कोरोना परीक्षण थालियाे

काठमाडौँ, ३ वैशाख । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैको आरडीटी (र्‍यापिड डाइगोनेस्टिक टेस्ट) विधिबाट कोरोना भाइरस परीक्षण सुरु गरिएको छ ।

अपार्टमेन्टमा बस्दै आएका एकै परिवारको ३ जनामा आरडिटीबाट कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको र कन्फर्मका लागि पुन पीसीआरबाट विधिबाट परीक्षण गर्दा तीनमध्ये २ जनामा पोजेटिभ देखिएको थियो ।

त्यसलगत्तै प्रहरीले सो अपार्टमेन्ट र आसपासका क्षेत्रमा सिल गरेको छ । मंगलबारबाटै परीक्षण थाल्ने भनिएपछि आज बुधबारबाट त्यहाँ बस्ने सबैको परीक्षण सुरु गरिएको हो । आज बिहान साढे नौ बजेबाट आरडीटी विधिबाट परीक्षण सुरु भएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिएका छन् ।

साे अपार्टमेन्टमा बस्नेमध्ये स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबुलबाट परीक्षण भइरहेको जनाइएकाे छ। पहिलाे चरणमा ९० परिवारका २ सय ४३ जनाको परीक्षण भइरहेको हाे । अपार्टमेन्टमा जम्मा पाँच वटा ब्लक छन् । त्यहाँ ४०० भन्दा बढी परिवारका करिब १ हजारभन्दा बढी सदस्य बस्दै आएकाे बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *