सन सिटी अपार्टमेन्टका एकै परिवारका तीनजनामा कोरोना आशंकामा अस्पताल भर्ना

काठमाडौं, वैशाख १ गते । काठमाडौंको पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणकाे आशंकामा उपचारका लागि प्रहरीले पाटन अस्पताल पठाएको छ ।

प्रहरीले अहिले सो अपार्टमेन्टमा सुरक्षा दिइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता हाेमिन्द्र बोगटीले बताउनुभयो । सो परिवारका सदस्यको कोरोना संक्रमण भएको विषयमा आधिकारिक रुपमा पुष्टि भने भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *