सफल भयो एन ९५ मास्कको विकल्पमा नेपालमै निर्माण भएको मास्कको ‘ल्याब टेष्ट’

काठमाण्डौ : वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा.महावीर पुनलगायतका अनुसन्धान कर्ताहरुको सहभागितामा निर्माण भएको मास्कको ल्याब टेष्टको नजिता सकरात्मक आएको छ। गुणस्तरीय एन ९५ मास्कको विकल्पको रुपमा अनुसन्धान केन्द्रमा निर्माण गरिएको मास्कको ल्याब टेष्ट सफल भएको डाक्टर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

उहाँले यस मास्कमा हेपा(एचइपीए) फिल्टर र एन ९९ फिल्टरको प्रयोग गरिएको जानकारी गराउनु भएको छ । अनुसन्धानबाट हेपा फिल्टरले एन ९५ मास्क जत्तिकै र एन ९९ फिल्टरले एन ९५ मास्कले भन्दापनि राम्रोसँग ०.३ माइक्रोनसम्मका किटाणुलाई फिल्टर गर्न सक्ने रिपोर्ट आएको छ ।

मास्कको परीक्षण तिलगंगा आँखा अस्पतालका विज्ञद्वय प्रदिप कार्की र नविन अधिकारीले गर्नुभएको पुनले जानकारी गराउनु भएको छ। नेपालमा नै गुणस्तरीय फिल्टरयुक्त मास्क निर्माण गर्न सकिने भन्दै उहाँले अनुसन्धानमा सक्रिय विज्ञ र तिलगंगा आँखा अस्पताल लाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *