सबैभन्दा लामो लकडाउन चीनमा, तेस्रोमा नेपाल

कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि सबैभन्दा लामो बन्दाबन्दी (लकडाउन) चीनमा भएको छ भने दोस्रोमा भारत र तेस्रोमा नेपाल। कोरोनाको उद्गमस्थल चीनको वुहानमा सबैभन्दा धेरै लकडाउन भएको छ। त्यहाँ ७६ दिनको लकडाउन गत साता बुधबार खुलेको थियो। भारतमा ४२ दिनका लागि लकडाउन घोषणा गरिएको छ। त्यहाँ सुरुमा २१ दिनका लागि लकडाउन गरिएकोमा आज पुनः २१ दिन थपेर ४२ दिन पुर्याइएको छ।

त्यसपछि लामो लकडाउन नेपालमा लागू गरिएको छ। आज थप भएको सहित नेपालमा लकडाउनको अवधि ३५ दिन पुगेको छ। सुरुमा चैत ११ गते एक साताका लागि लकडाउन लागू गरिएकोमा पटकपटक थपेर ३५ दिन पुर्याइएको हो।

गएको डिसेम्बर अन्तिम साता पहिलोपटक भाइरस देखा परेको चीनमा ३३ सयभन्दा बढीको मृत्यु भयो भने करिब ८३ हजार संक्रमित भए। भारतमा १० हजारभन्दा बढी संक्रमित भएका छन् भने ३५८ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु कसैको भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *