सरकारका नीति र कदमहरू प्रभावकारी भएकाले कोरोना फैलन पाएन : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नेपालमा कोरोना भाइरसको संक्रमण सीमित रहेको र फैलिन नपाएको बताएकी छन्।

राष्ट्रपति भण्डारीले शुक्रबार साँझ कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारमा भइरहेका कामबारे नेपाल टेलिभिजन र रेडियो नेपालमा देशवासीलाई सम्बोधन गरेकी हुन्।

‘अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण देखिएको छैन। बाहिरबाट संक्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको अवस्था हो,’ राष्ट्रपति भण्डारीले भनिन्,’ सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैले स्वास्थ्यमा आवश्यक ध्यान दिनु पर्दछ।

हामी कुनै भावनामा बगेर होइन बरु यस रोगको गम्भीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *