सरकारले गल्ती सच्यायो, अब अपहरणकारीलाई कारवाही गर्नुपर्छ – कांग्रेस प्रवक्ता शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।शुक्रवार एक ट्वीट गर्दै शर्माले विवादित अध्यादेश फिर्ता लिएर सरकार सच्चिएको भन्दै शर्माले अपहरण शैलीमा सांसद उठाउनेलाई कारवाही हुनुपर्ने माग गरेका हुन् ।

‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश !’ उनले ट्वीटमा भनेका छन् ।

‘जनताको तर्फबाट आग्रह छ अब सम्पुर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं,’ उनले थपेका छन्, ‘पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *