सरकारले भन्ने कुरा नगरौँ,आफैँ क्वारेन्टाइनमा बस्नुपर्छ : स्वास्थ्य मन्त्री भानुभक्त ढकाल

काठमाडौं । कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखे जसरी नराख्ने बताए ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने उनको भनाइ छ । कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिममा सरकारले लिने मन्त्री ढकालले बताए ।

ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइन्मा राख्ने व्यवस्था गर्ने उनले बताए । “विभिन्न ८ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडी कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश हुन्छ ।

१४ दिन क्वारन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ,” उनले भने, “क्वारेन्टाइन भन्ने वित्तिकै मान्छेहरूले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ ।

अब सेल्फ (आफै) क्वारेन्टाइनमा मान्छेहरू बस्नुपर्छ । डब्ल्युएचओको मापदण्डभित्र बस्नुपर्‍यो । दिनैपिच्छे ज्वरो आएको छ छैन भन्ने नाप्न सकिहाल्छ । कति दुरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौँ ।’”

युवा संघले सामाजिक सञ्जाल र विभिन्न आमसञ्चार माध्यमबाट अड्कmबाजीमा सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा आधिकारि सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *