सरकारी निर्णयविपरीत धमाधम आउँदै विदेशी एयरलाइन्स

काठमाडौं : नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिनसक्ने बताउँदै अन्तराष्ट्रिय उडान पूर्ण रुपमा प्रतिबन्ध गरे पनि अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुले धमाधम काठमाडौंमा उडान गरिरहेका छन्।

सरकारले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेको हो। तर, सोमबार एत्तिहाद र कतार एयरवेजले काठमाडौँ उडान गरिरहेका छन्। दोहाबाट आज दिउँसो सवा १२ बजे उडान भरेको कतार एयरवेज साँझ १८ः३७ बजे काठमाडौँमा आइपुगेको छ।

त्यस्तै एतिहाद एयरलाइन्सको जहाज अबुदाबीबाट १२ः१४ बजे उडान भरेर अहिले साँझ १८ः३७ बजे नै अवतरण गरेको छ। यी दुवै जहाज बिहान उडान भर्ने सेड्यूल भन्दा ढिलोगरी नेपाल आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *