सरकार किन कानमा तेल हालेर बसेको हो ? – बाबुराम भट्टराई

काठमाडाैं, ६ असाेज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा पनि भित्राउन पहल नगरेको भन्दै सरकारप्रति कटाक्ष गर्नुभएको छ ।

उहाँले मंगलबार समाजिक सञ्जाल ट्वीटर मार्फत चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र परेको बताउनुभएको छ ।

उहाँले लेख्नुभएकाे छ- ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ । व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् । सरकार किन कानमा तेल हालेर बसेको हो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *