सलह बेचेर १७० रुपैयाँ कमाई

काठमाडौँ, असार । सलह किरा बेचेर २ जना बाल बालिकाले १७० रुपैयाँ कमाएका छन् । शनिबार सलह किरा नेपाल प्रवेश गरेपछि प्रदेश ५ सरकारले सलह मारेर ल्याए प्रतिकिलो २० रुपैयाँले दिइने बताएको थियो । बुटवल वडा नं. ४ को कार्यालयमा लक्ष्मीनगरका अच्युत न्यौपाने र सविना थारुले सलह लिएर आए ।

न्यौपानेले ५ किलो सलह बटुलेको र थारुले ३ किलो बटुलेको वडा कार्यालयले जनाएको छ । उनीहरुले पानी परेर सलह किरा रुखमा थुप्रो भएर झरेको किरा बढारेर बटुलेर उनीहरुले ल्याएका हुन् । वडाको सिफारिस अनुसार उपमहानगरपालिकाले उनीहरुले लगे को सलह किनिदिएको हो । जसअनुसार न्यौपानेलाई १०० रुपैयाँ र थारुलाई ७० रुपैयाँ दिइएको छ ।

त्यसरी किनिएको सलह कुखुरा पालक किसानलाई दिइएको छ । सलहको मासु खानेले प्रतिकिलो एक सय रुपैयाँमा समेत मागिएको जनाइएको छ । शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले भनेको थियो, ‘यो किरा टिपेर ल्याउनुस्, किलोको २० रुपैयाँ नगद प्रोत्साहन दिन्छौं ।’ नभन्दै आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *