सवारी पास जाँचमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

२२ वैशाख, काठमाडौं । अत्यावश्यक अवस्थाका लागि वितरण गरिएको सवारी पासको दुरुपयोग बढेको भन्दै गृह मन्त्रालयले कडाइ गर्न निर्देशन दिएको छ।आइतबार साँझ ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै गृहले सवारी पास वितरणमा कडाइ गर्न निर्देशन दिएको हो ।

जिल्ला बाहिर जाने पास वितरणका लागि सम्बन्धित जिल्ला प्रशासनको समेत सहमति अनिवार्य रुपमा लिन गृहको निर्देशनमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *