सांसद भट्टलाई धम्की : ‘प्रधानमन्त्रीकाे पक्षमा हस्ताक्षर नगरे जे पनि हुन सक्छ’

काठमाडौं, १९ वैशाख। राष्ट्रियसभा सदस्य शारदा भट्टलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा हस्ताक्षर गर्न धम्की आएको छ। प्रधानमन्त्री ओलीको आफूलाई भित्रिया बताउने गौरी ओलीले यस्तो धम्की दिएकी हुन्।

अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओली पक्षले चलाइरहेको हस्ताक्षर अभियानमा सामेल नहुने सांसदहरुलाई ओलीका निकटस्थहरुले बालुवाटारबाटै धम्क्याएको खुलासा समेत भएको छ। गौरीले बालुवाटार आएर हस्ताक्षर गर्नुस् भनेपछि भट्टले आफू यस्तो खेलमा नलाग्ने जवाफ दिएकी थिइन् ।

तर भट्टले यसो भन्नेबित्तिकै ओलीले ‘तपाईं प्रधानमन्त्रीसँग टक्कर लिने ? धेरै बहानाबाजी नर्गनुस् तुरुन्त बालुवाटार आएर हस्ताक्षर गर्नुस्’ ओलीको धम्की उदृत गर्दै स्रोतले भन्यो, ‘नेपालमा जे पनि हुनसक्छ,तपाईं नराम्रोसँग फस्न सक्नुहुन्छ।’ भट्ट नेकपाकी सांसद मात्र नभएर कैलालीकी पुरानो कार्यकर्ता समेत हुन्। लोकतन्त्र र प्रजातन्त्रको दुहाई दिने प्रधानमन्त्री र उनका नजिकका बाटै यस्तो हर्कत भएको थाहा पाएपछि सहभागीहरु आश्चर्यचकित बनेका थिए । भट्टले आफूलाई बालुवाटारबाट बोलाइएको बताइन्।

सरकार अप्ठ्यारोमा परेको समयमा प्रधानमन्त्रीलाई सहयोग गर्न भट्टलाई आफूले अनुरोध मात्र गरेको गौरीले बताइन्। नेकपाकी केन्द्रीय सदस्य रहेकी गौरी सुदूरपश्चिम प्रदेशकै डोटी जिल्लाकी हुन् । पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि प्रधानमन्त्री र पार्टी अध्यक्ष पद छाड्न चर्को दवाव परेको छ । अहिले ओलीले संसदीय दलमा आफ्नो बहुमत सिद्ध गर्नका लागि सांसदहरुको हस्ताक्षर अभियान जारी राखेका छन्। लोक पाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *