साउदीद्वारा विदेशी कामदारलाई खुला गरेको घर फिर्ति प्रकृया प्रणालीमा नेपाल पनि समावेश

दोहा / साउदी सरकारले आप्रवासी कामदारहरुका लागि खुला गरेको घर फिर्ति प्रकृया प्रणालीमा नेपाल पनि समावेश गरेको साउदीस्थित नेपाली दूताबासले जानकारी दिएको छ । यस अघि ठूलो संख्यामा कामदार पठाउने र अन्य केही मुलुकहरू समावेश थिए । यसमा फेरी आउने र एक्जिट भीसा भएकाले स्वयं वा कम्पनी मार्फत आवेदन दिन सकिने दूताबासले जनाएको छ ।

यस्तै , कोरोना संक्रमणको महामारीबाट सिर्जना भएको कठीन् परिस्थितिबाट समस्यामा परेका नेपालीहरूले निरन्तररुपमा दूतावासबाट उपलव्ध गराइएका सम्पर्क नम्बरमा आफना समस्या टिपाउन अनुरोध गरेको छ ।

समस्या टिपाउँदा आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्वर, पुरानो इकामा नम्वर, बोर्डर नम्वर, काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम जस्ता विवरणहरु उल्लेख गर्न दूताबासले अपिल गरेको छ ।

साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३०,२५१ पुगेको छ । मंगलबार मात्र थप १,५९५ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ५,४३१ जना निको भएर घर फर्किएका छन् । हालसम्ममा २०० जना संक्रमितको मृत्यु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *