सिंगापुरमा एकैदिन ९४२ कोरोना संक्रमित थपिए

सिंगापुर । सिंगापुरमा पछिल्लो २४ घण्टामा ९४२ कोरोना संक्रमित थपिएका छन् । सिंगापुरको स्वास्थ्य मन्त्रालयका यो संख्या अहिलेसम्मको दैनिक उच्च वृद्धि भएको जनाइएको छ ।

नयाँ कोरोना संक्रमितमध्ये १४ जनामात्रै कोरोना संक्रमित रहेको र अन्य आप्रवासी कामदार रहेको बताइएको छ । सिंगापुरमा कोरोना संक्रमित करिब नियन्त्रणको स्थितिमा आए पनि पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या एकाएक बढेको हो ।

सिंगापुर सरकारले पछिल्लो समय भएको कोरोना संक्रमितको वृद्धिलाई ‘सर्किट-ब्रेकर’ को संज्ञा दिएको छ । हाल सिंगापुरमा सम्पूर्ण सामाजिक सभासम्मेलनहरु स्थगित गरिएका छन् र विद्यालय तथा कार्यालयहरुसमेत बन्द गरिएका छन् । सिंगापुरमा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार ५८८ पुगेको छ भने ११ जनाको मृत्यु भएको छ । – सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *