सिंगापुरमा दोस्रो चरणको संक्रमण

सिंगापुर : सिंगापुरमा कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । जोन हप्किन्स विश्व विद्यालयले जारी गरेको तथ्यांकअनुसार सिंगापुरमा भाइरस संक्रमितको संख्या १४ हजार ४ सय २३ पुगेको छ । यस लगतै कारोना दोस्रो चरणमा पुगेको अधिकारीहरुले जनाएका छन् ।

सिंगापुरमा कोरोना संक्रमित भएकामध्य धेरै प्रवासी मजदुरहरु छन् । उक्त कामदारहरु ठूलो संख्यामा तंग छात्रावासमा बस्दै आएका हुन् । हालका लागि भने १२ वटा छात्रवासहरु अलग्गै राखिएको छ र हजारौँ मजदुरहरु त्यहाँ क्वारेन्टाइनमा छन् ।

प्रवासी मजदुर संगठन ट्रान्जियन्ट वर्कस काउन्त तुका एलेक्स वुलेकाअनुसार जति टेस्टहरु भए ती भने पर्याप्त छैनन् । उनले भने, ‘चिकित्सकले जरो आएका मजदुरहरुलाई बिना जाँच नै सिटामोल खाएर आराम गर्न सल्लाह दिएका छन् । त्यसैले कति परीक्षण भए भन्ने विषयमा एकिन भने गर्न सकिएको छैन ।’

सिंगापुरका स्वास्थ्य मन्त्री जन किम योंगले कोरोना परीक्षणको दर नघटेको बताए। ‘हरेक दिन ३ हजार मजदुरहरुको कोरोना परीक्षण भइरहेको छ’, उनले भने, ‘अमेरिका, बेलायत, हङकङ र कोरियालगायत अन्य देशको तुलनामा यो परीक्षणको दर धेरै हो । कोरियामा ९० मध्ये एकको कोरोना परीक्षण हुने गरेको उनले बताए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *