भारत चीन सीमा विवादका विषयमा सोमबार दुबै देशका सैनिक अधिकारीको बैठक बस्यो। भारतीय सञ्चार माध्यम आजतककाअनुसार अधिकारीबीचको बैठक लामो समयसम्म बस्यो। बैठकमा सीमा विवाद समाधानका लागि भारतले एउटा सर्त अगाडि सारेको छ।
भारतले सबै विवादित क्षेत्रबाट पहिले चिनियाँ सेना हटाउनुपर्ने सर्त राखेको समाचारमा उल्लेख छ। पहिले चीनले सीमाबाट सेना हटाउनुपर्ने भारतको सर्त छ। किनकी विवाद सिर्जना पनि चीनले नै गरेको भारतको आरोप छ। बिहान ९ बजेदेखि सुरु भएको बैठक अबेर रातिसम्म चलेको जनाइएको छ। बैठक आज पनि बस्नेछ। यदि चीनले आफ्नो सेना नहटाए भारतीय सेना पनि नहट्ने जनाएको छ।