सुदूरपश्‍चिमका १० जनाले भारतमा कोरोनालाई जिते

डडेल्धुरा : भारतमा बस्दै आएका सुदूरपश्‍चिमका १० जना कोरोना भाइसर (कोभिड–१९) संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्। एक बालकको भने अस्पतालमा उपचार भइरहेको छ। अछाम घर भइ भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका ८ जना सदस्य र बझाङको चैनपुरी घर भइ भारतको बैंग्लोरमा काम गर्दै आएका अर्का परीवाकार तीनजना सदस्यमा कोरोना पुष्टि भएकोमा १० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन्।

चैनपुरका ४५ वर्षीय पुरुष र ३५ वर्षीया उनकी श्रीमती अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने उनका छोराको अहिले उपचार भइरहेको बताइएको छ।अछामको चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्काको परिवार पनि कोरोनालाई जितेर २५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको छ। खड्कासंगै उनका परिवारका आठै जना सदस्य कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएको जानकारी सामाजिक संजाल फेसबुकबाट खड्काले दिएका छन्।

उनका दुई छोरी, छोरा, पत्नी, भाइ र भतिजा गरी ११ जनालाई अस्पताल भर्ना गरिएको र परीक्षणका क्रममा आठ जनामा संक्रमण देखिएको थियो।यो समाचार तयार पार्दासम्म भारतमा कारोना संक्रमितको संख्या २४ हजार ५०६ पुगेको छ। जसमा ७ सय ८० जनाको मृत्यु भइसकेको छ भने ५ हजार ४ सय ९८ जना निको भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *