सुनको मूल्य घट्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो । शुक्रबार प्रतितोला ९६ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयामा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १० रुपियाँमा कारोबार भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *