सेनाका ३ जना जर्नेल-कर्णेल(इन्जिनियर)हरूकाे बढुवा सिफारिस

काठमाडाैं । नेपाली सेनाकाे प्राविधिकका जर्नेल, कर्णेलहरूकाे बढुवा फाइला उठेकाे थाहा भएकाे छ । फास्ट ट्रयाककाे काम गरिरहेकाे नेपाली सेनाकाे इन्जिनियरिङ्ग विभाग, जङ्गीअड्डाका सहायक रथी, महासेनानी र प्रमुख सेनानीहरूकाे बढुवाकाे फाइल एकै साथ उठेर सात दिने उजुरबाजुर समय पनि पूरा भएकाे थाहा भएकाे छ ।

काठमाडाैं-तराई(मधेश) द्रुतमार्ग ( फास्ट ट्रयाक)काे प्रमुख जिम्मेवारी पाएका सहायक रथी शरदलाल श्रेष्ठ, महासेनानी विकास पाेख्रेल र प्रमुख सेनानी धर्मेन्द्र झाकाे एक तह बढुवाका लागि फाइल उठेर सिफारिस भएकाे स्राेत बताउछ । २०७७ भदाै २६ गते शुक्रवार उजुरीका सम्बन्धमा प्रकाशित सूचनाकाे सात दिने म्याग समाप्त भएकाे हाे ।

नेपाली सेनाकाे इन्जिनियरिङ्ग विभाग, जङ्गीअड्डाका उपरथी रामधर सिंह २०७७ भदाै २५ गतेबाट अवकास भएपछि रिक्त रहेकाे उपरथी पदका लागि सहायक रथी शरदलाल श्रेष्ठकाे बढुवा हुन लागेकाे हाे ।

सहायक रथी श्रेष्ठकाे बढुवा भएपछि रिक्त हुने सहायक रथी पदका लागि महासेनानी विकास पाेख्रेलकाे बढुवा प्रक्रिया शुरू भएकाे हाे । त्यसैगरी महासेनानी (कर्णेल) पाेखरेल सहायक रथीमा बढुवा भएपछि रिक्त हुन जाने महासेनानीकाे पदका लागि प्रमुख सेनानी धर्मेन्द्र झाकाे बढुवा प्रक्रिया अघि बढेकाे जङ्गीअड्डा स्राेतले बताएकाे छ ।

उल्लेखित जर्नेल, कर्णेलहरूकाे बढुावकाे फाइल जङ्गीअड्डा, रक्षा मन्त्राल र मन्त्रिपरिषदमा पुगेर नेपाल सरकारबाट निर्णय हुनु पर्छ । सहायक रथी शरदलाल श्रेष्ठ लगभग डेढ वर्षकाे छाेटाे अवधिमै दुई तह बढुवा खान पाउने भाग्यमानी जर्नेल भएका छन् । सहायक रथी शरदलाल श्रेष्ठ जातीय हिसावले पनि इन्जिनियरिङ्ग विभागकाे प्रमुख उपरथी बन्ने इतिहास राख्ने पहिलाे नेवार समुदायका व्यक्ति हुन पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *