सोमबारदेखि मलेसियामा लक डाउन खुकुलो हुने

काठमाण्डौ : मलेसियामा ४ मे अर्थात पर्सि सोमबारदेखि लकडाउन केही खुकुलो हुने भएको छ। पहिले जस्तै स्वतन्त्र रुपमा मानिसको आवातजावत नभए पनि निश्चित मापदण्ड तोकेर बिस्तारै खुकुलो बनाउदै लैजाने मलेसियाको तयारी छ । व्यवसायहरु बिस्तारै खुलाउने तयारी छ ।

मलेसियाले को;रोना सङ्क्रमण जोखिम रोकथामका लागि १२ मेसम्म लक डाउनको घोषणा गरिएको छ । मलेसियामा को;रोना सङ्क्रमित मध्ये निको हुनेको सङ्ख्या पनि धेरै छ । ७० प्रतिशत भन्दा धेरै सङ्क्रमित निको भइसकेका छन् । मलेसियामा अहिलेसम्म ६ हजार १७६ जनाको सङ्क्रमण देखिएको छ ।

जसमध्ये ४३ सय २६ जना निको भएका छन् भन् १७ सय ४७ जनाको अस्पतालमा उपचार भइरहेको छ । एक सय तीन जनाको को;रोनाका कारण ज्यान गएको छ । अहिलेसम्म तीन जना नेपालीलाई मात्र को;रोना सङ्क्रमण भएको र जसमध्ये दुई जना निको भइसकेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । बाँकी एक जनाको अवस्था पनि सामान्य रहेको दूतावासको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *