स्वास्थ्यकर्मीले संगै खिचाएका तस्विर, कोरोनाका कारण गयो एकजनाको ज्यान

एजेन्सी । बेलायतको लण्डन शहरकी एक स्वास्थ्यकर्मीले कोरोना सं क्र मण का कारण ज्यान गुमाएकी छिन् । हालै उनको कोरोनाबाट सं क्र मित प्रधानमन्त्री बोरीस जोनसनसँगै खिचाइएको तस्वीर सार्वजनिक भएको थियो । उनलाई प्रधानमन्त्रीवाटै कोरोना सरेको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । बेलायतबाट प्रकाशित हुने मिरर पत्रिकाको सनिबारको अनलाईन संस्करणमा उनको नाम सारा ट्रोलोप भएको बताइएको छ ।

५१ बर्षिया सारा केही समयपछि ३३ बर्षे सेवा अवधिबाट अवकाश लिदै थिइन् । उपचारका लागि अस्पताल गएका प्रधानमन्त्रीबाट उनका संक्रमण भएको हुनसक्ने सो पत्रिकाले दावी गरेको छ । यो सँगै बेलायतमा कोरोना संक्रमणबाट हालसम्म २१ स्वास्थ्यकर्मीको निधन भै सकेको छ । उनले कोरोना पुष्टि भएका प्रधानमन्त्रीसंग संगै तस्बिर खिचाएका कारण कोरोना सरेको हुनसक्ने आँकलन गरिएको हो ।

कोरोना पुष्टि भएका कोरोना भाइरसका कारण वेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था थप विग्रिए पछि उनलाई आइसियुमा भर्ना गरिएको थियो । कोरोना पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए । तर उनको स्वास्थ्य अवस्था थप विग्रिए पछि अस्पताल भर्ना गरिएको हो । कोरोना पुष्टि भएपछि उनी विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेका थिए । स्वास्थ्य थप विग्रिए पछि बेलायतका प्रधानमन्त्री बोरिस आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल गएका हुन् । स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको छ ।

नियमित जाँचका क्रममा स्वास्थस्थिति थप ग म्भीर भएपछि उनलाई सोही अस्पतालको सघन उपचारकक्ष (आइसीयू) भर्ना गरिएको हो । प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङका अनुसार प्रधानमन्त्री जोन्सन यही आइतबार साँझदेखि अस्पताल भर्ना भएकामा स्वास्थ्य विग्रिएपछि आइसियुमा सारिएको हो । विस्तारै स्वास्थ्य अवस्था बिग्रँदै गएपछि निकै ग म्भीर स्थिति हुँदा उपचारमा संलग्न चिकित्सकको टोलीको सल्लाह र निगरानीमा बसेका थिए ।

सोमबार दिउँसोदेखि उनलाई सघन उपचारकक्षमा सारिएको बताइएको छ । उहाँले आफ्ना विदेशमन्त्री डोमिनिक राबलाई आवश्यक ठाउँमा भूमिका निभाइदिन अनुरोध पनि गरेका छन् । तर यसको अर्थ उनले कार्यवाहकका रूपमा जिम्मेवारी दिएको भने होइन । अवस्था अझै ग म्भीर बनेमा भेन्टिलेटरमा राख्ने तयारी पनि गरिरहेको उपचारमा खटिएको टोलीले जनाएको छ । पछिल्लो समय उनको स्वास्थ्यमा क्रमिक सुधार आएको बताइएको छ । उनी उठेर केही कदम हिड्न सक्ने भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *